छोरी आराध्याको मेकअप देखेर ऐश्वर्यालाई आयो गालीको ओइरो

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौँ । केही दिन अगाडी विवाह सम्पन्न गरेका एसियाकै धनि व्यक्ति मुकेश अम्बानीका छोरा आकाशको विहेको चर्चा अझैपनि उस्तै रहेको छ । यता उनको विवाह रिसेप्सनमा उपस्थित भएका सेलिब्रेटीको चर्चाले पनि सामाजिक सञ्जाल रंगिएका छन् । यस्तै क्रममा विश्व सुन्दरी ऐश्वर्याकी छोरी आराध्या यतिबेला चर्चाको विषय बनेकी छन् ।

७ वर्षिय आरध्या बाबू अभिषेक र आमा ऐश्वर्यासँग आकाशको विवाह समारोहमा उपस्थित भएकी थिइन् । ७ वर्षिय आराध्याको अनुहारमा स्पष्ट मेकअप देखिन्थ्यो । पहिलो पटक क्यामेराको अगाडी अनेकौ पोज दिएकी आराध्या मेकअपकै कारण सामाजिक सञ्जालमा ट्रोल बनेकी छन् ।

उनको मेकअपले ऐश्वर्यालाई दर्शकहरुले धेरै गाली गरेका छन् । एक प्रयोगकर्ता लेख्छन्, ‘ऐश्वर्या यति कम उमेरकी बच्चालाई कसले मेकअप गराइदिन्छ ? आराध्यालाई बच्चापनमा जिउन देउ ।’

अर्का व्यक्ति लेख्छन्, ‘यी सेलिब्रेटीहरु जे पनि गर्छन्, ।’ यस्तै अर्का प्रयोगकर्ता लेख्छन्, ‘ऐश्वर्या हामी तपाईलाई एक असल आमाको रुपमा हेर्छौ तर हामीलाई लाग्दैनकी कम उमेरकी छोरीलाई ग्ल्यामर दुनियाँमा लैजान उचित हुन्छ ।’

अभिषेक ऐश्वर्या र आराध्याले विहे रिसेप्सनमा थुप्रै तस्वीरहरु खिचाए । आराध्याले फोटोग्रापका नजिक गएर अब पुग्यो भनेपछि एक छिन सबैमा हाँसो फैलिएको थियो ।