नेपाल बन्दमा देशव्यापी ‘बम आतंक’, पोखरा, हेटौंडा, बुटवलमा नेपाली सेनाद्वारा डिस्पोज

  • 145
  •  
  •  
  •  
  •  
    145
    Shares

काठमाडौं, ३० फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको आह्वानमा आज भएको नेपाल बन्दमा ‘बम आतंक ड सिर्जना गरिएको छ ।

पोखरा, हेटौंडा, बुटवल, काठमाडौं उपत्यकाका केही स्थानमा शंकास्पद वस्तु राखेर ‘खतरा’ लेखिएको पाइएको छ । जसले सर्वसाधारण आतंकित भएका छन् ।

पोखराको सभागृह चोकमा बिहीबार बिहान राखिएको शंकास्पद वस्तु बम रहेको नेपाली सेनाले जनाएको छ । सेनाको डिस्पोजल टोलीले सफल रूपमा बम डिस्पोज गरेको थियो ।

यस्तै, हेटौंडाको मुख्य सडकमा राखिएको शंकास्पद वस्तुले केही समय यातायातका साधन बन्द भएका थिए । सुरक्षाकर्मीले सो वस्तु हटाएका थिए । यस्तै, रुपन्देहीको बुटवलस्थित सडकमा राखिएको कालो झोलामा राखिएको वस्तु बम रहेको थियो । जसलाई नेपाली सेनाको टोलीले डिस्पोज गराएका थिए ।

आफ्नो पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेकपाका कार्यकर्ताले देशभर डर र आतंक सिर्जना गरेका छन् ।