मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली ‘विश्व मिर्गौला दिवस’ का दिन बिहानै सडकमा निस्किए

  • 224
  •  
  •  
  •  
  •  
    224
    Shares

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताएका छन् ।

विश्व मृगौला दिवसका दिन बिहीबार बिहान राजधानीको एक कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले त्यस्तो सुझाव दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियनले बिहीबार बिहान गरेको एक कार्यक्रममा ओली सहभागी भएका हुन् । प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसँगै पैदल यात्रा गरेका थिए ।

प्रधानमन्त्री ओलीको १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । सोही कारण प्रधानमन्त्रीले मिर्गौला दिवसलाई विशेष महत्व दिएर सडकमा पैदल यात्राम गरेका हुन् ।