परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा विद्या भण्डारी र केपी ओली दुवै राष्ट्रपति (विज्ञप्ति)

  • 7.3K
  •  
  •  
  •  
  •  
    7.3K
    Shares

काठमाडौं, ३० फागुन । परराष्ट्र मन्त्रालयका कर्मचारीको योग्यता र क्षमताबारे बेला बेला प्रश्न उठिरहन्छ । सबैभन्दा आकर्षक ठाउँमध्ये निजामतीमा परराष्ट्र मन्त्रालयलाई लिइन्छ ।

देशकै प्रभावशाली मन्त्रालयका कर्मचारीकै कारण पटक पटक नेपालको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत हुने गरेको छ । यसअघि इन्डोनेसियामा सुनामीमा परेर ज्यान गुमाएको राष्ट्रपति विद्या भण्डारीका तर्फबाट सो देशका राष्ट्रपतिलाई बधाई सन्देश पठाइएको थियो । जुन घटनाले देशकै बेइज्जत भएको थियो ।

अहिले त्यस्तै नयाँ घटना सार्वजनिक भएको छ । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले त्यहाँका राष्ट्रपति रामनाथ कोविदलाई बुझाएको ओहोदाको प्रमाण पत्रमा परराष्ट्र मन्त्रालयले पठाएको सन्देशमा नेपालमा दुई राष्ट्रपति भएको उल्लेख छ ।

जसमा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीका तर्फबाट भारतीय राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य र समृद्धि तथा भारतीय जनताको सुख, समृद्धिको कामना गरिएको भनाइ व्यक्त गरिएको छ ।