नेपाली हिरोइनले छोटो लगाउँदा किन पाउँछन् सँधै गालि ?

  • 255
  •  
  •  
  •  
  •  
    255
    Shares

माधव पाण्डे, मिडिया एनपी
ग्ल्यामर इण्डस्ट्रि फेसनको दुनिया हो । जति कलाकारको अभिनय र कामको चर्चा हुन्छ त्यति नै उनीहरुले लगाउने ड्रेसको पनि चर्चा हुने गर्दछ । कुनै पनि इभेन्टमा कलाकार कस्ता भएर आउछन् त ! यस बारे मिडियालाई मात्र नभई पब्लिकलाई पनि चाँसोको बिषय बन्ने गर्दछ । बिशेष गरि नायक भन्दा नायिकको ड्रेस चर्चा बढि भएको देखिन्छ । पछिल्लो समय नेपाली अभिनेत्रिहरु ड्रेसलाई लिएर निकै चनाखो रहने गर्दछन् । विभिन्न समयमा आयोजना हुने प्रिमियर, अवार्ड कार्यक्रम लगायत अन्य इभेन्टहरुमा नायिकाहरु आकर्षक भएर आउने गर्दछन् ।


तर ड्रेसअपलाई लिएर नायिकाहरुले सधै तालि मात्र हैन कहिलेकहिँ गाली पनि पाउने गर्दछन् । बिशेषगरी अलिकति खुलेको र छोटो कपडा लगाउँदा नायिकाहरु खुलेरै आलोचित बन्ने गर्दछन् । सामाजिक संजालमा ति नायिकालाई हेरिनसक्नु कमेन्ट आउने गर्दछन् । बलिउड र हलिउडमा भने यी कुरा सामान्य भैसक्दा नेपाली दर्शकले किन पचाउन सकेका छैनन् त ति ड्रेस । चलचित्रको मेकिङ्ग र क्वालिटीमा भैरहेको विकाससंगै नेपाली फिल्मका आडियन्स पनि परिवर्तन हुँदै गएका छन् । कतिपय दर्शकले भने ति कुरालाई सामान्य रुपले लिने गरेका छन् ।

यसैबीच , पछिल्लो समय नेपाली फिल्म इण्डस्ट्रिमा नव अभिनेत्रीको बाढि नै आएको बेला यहि चैत्र १ देखि रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जानी नजानी’ बाट डेब्यु गर्न लागेकी नायिका निरिशा बस्नेत पनि करियरको सुरुवात मै ड्रेसलाई लिएर बिबादित बन्न पुगेकी छन् ।

एक कार्यक्रममा खुलेको ड्रेस लगाएर उपस्थित भएपछी केहिले राम्रो प्रतिक्रिया दिएपनि उनलाई धेरैले आलोचना गरे । तर यस बिषयलाई निरिशाले सहजै तरिकाले जवाफ दिएकि छन् । ‘त्यहि ड्रेस बलिउड अथवा हलिउड नायिकाले लगाएको भए तिनै नेपालीले तारिफ गर्ने थिए जसले अहिले त्यहि कुरा मैले गर्दा आलोचना गरिरहेका छन् ‘ उनि भन्छिन् ।
हेर्नुहोस भिडीयो :