घरमा राख्नुहोस् ! यी ५ मूर्ति मिल्नेछ खुशी र सुख !

  • 3.7K
  •  
  •  
  •  
  •  
    3.7K
    Shares

काठमाडौँ । संसारको हरेक ठाउँमा बस्ने मानिसको धर्म आस्था फरक फरक रहेको छ । धर्म अनुसार सबैले आ आफ्नो घरमा फरक फरक भगवानको मूर्ति राखेर पूजा गर्ने गर्छन् । यसरी आफ्नो धर्म अनुसार को आस्था बोकेको भगवानको तस्वीर घरमा राखेर पूजा गर्दा भगवान प्रसन्न भइ व्यक्तिलाई आशिस दिन्छ भन्ने मान्यता रहेको छ ।

हरेक दिन भगवानको पूजा गरेर आफुले चिताएको कुरा भगवान समक्ष राखेमा सबै कुरा पुरा हुने विश्वास रहेको छ । यद्यपी हिन्दुधर्मअनुसार हरेक घरमा ५ देवीदेवताको मूर्ति राखेर पूजा गरे भगवान प्रसन्न भएर व्यक्तिको आस्था पुरा गर्ने विश्वास रहेको छ । त्र त्यसको लागि पाँचै भगवानको पंचायतन मूर्ति राखेर पंचायत विधिद्धारा पूजा गर्नुपर्छ ।

पंचायतन पूजालाई सर्वश्रेष्ठ मान्ने गरन्छ । त्यसको लागि गणेश, विष्णु, शिव, दुर्गा र सूर्यको पूजा गरिन्छ । पाँचै देवहरुको आफ्नै स्थान रहेको हुन्छ । ईष्ट देव अनुसार सिंहासन खडा गर्न आवश्यक रहेको छ । त्यसकारण आज हामी तपाईहरुर्ला पंचायत सिंहासनमा खडा भएका देवतालाई कसरी राख्ने भन्ने बारेमा बताउन गइरहेका छौँ ।

१.गणेश भगवानलाई पंचायतन ईष्ट देवताको रुपमा लिइएको छ भने पूजा स्थानमा गणेश भगवानको स्थापना गर्नुपर्छ । त्यसको लागि उत्तरमा विष्णु, दक्षिण्मा शिव, मध्य भागमा गणेश, पश्चिममा सूर्य देवता र उत्तर पश्चिममा देवीको स्थापना गर्नुपर्छ ।

२.यदि शिवलाइृ इष्ट देव मान्ने चलन रहेको छ भने आफ्नो घरमा पंचायतन स्थापना गर्नुपर्छ । त्यसको लागि सिंहासनकोे उत्तर पूर्वी भागमा विष्णु, दक्षिणपूर्वमा सूर्य, मध्य भागमा शिव, गणेश,दक्षिण पश्चिममा गणेश र उत्तर पश्चिमको भागमा देवीलाई राख्नुपर्छ ।

३.यदि तपाईको घरमा ईष्ट विष्णु भगवान मान्ने गरेको छ भने आफ्नो पूजा स्थानमा विष्णुलाई पंचायतन स्थापना गर्नुपर्छ । त्यसको लागि सिंहासनको उत्तर पूर्वमा शिव, दक्षिणपूर्वमा गणेश, मध्यमा विष्णु, दक्षिणपश्चिममा सूर्य र उत्तरपश्चिम भागमा देवी स्थापना गर्नुपर्छ ।

४.यदि तपाईहरुले घरको ईष्ट देवको रुपमा देवीलाई लिने गर्नुभएको छ भने पंचायत पूजास्थान स्थापना गर्नुपर्छ । यसको लागि सिंहासनको उत्तर पूर्वमा विष्णु, दक्षिण्पूर्व शिव, मध्यमा दुर्गा र दक्षिणपश्चिममा गणेश र उत्तरपश्चिमको भागमा सूर्यको स्थापना गर्नुपर्छ । यसको लागि उत्तर पूर्वमा विष्णु, दक्षिणपूर्वमा शिव, मध्यमा दुर्गा र दक्षिण पश्चिममा गणेश र उत्तरपश्चिममा सूर्यको स्थापना गर्नुपर्छ ।

५.यदि तपाईको परिवारमा सूर्यलाई ईष्टदवको रुपमा मान्दै आउनुभएको छ भने सूर्यदेवको पूजा स्थान स्थापना गर्नुपर्छ । त्यसको लागि पूजा स्थानको उत्तर पूर्वमा शिव, दक्षिणपश्चिममा गणेश, मध्यमा सूर्य दक्षिण पूर्वी भागमा विष्णु र उत्तरपूर्वी भागमा दुर्गाको स्थापना गर्नुपर्छ ।