नेपाल आएर गुलसन ग्रोवरले गरे नेपालीको तारिफ, मनिषासंग यस्तो दोस्ती

  • 228
  •  
  •  
  •  
  •  
    228
    Shares

काठमाडौँ, अहिले भारतका चर्चित कलाकार गुलसन ग्रोवर नेपालमा छन् । पहिलो नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौँ’को प्रिमियरमा भाग लिन उनि नेपाल आएका हुन् । हिजो चलचित्रबारे राजधानीमा आयोजित एक प्रेस मिटमा उपस्थित उनले आफ़ुलाई नेपाल असाध्यै मन पर्ने बताए । नेपालीहरुको नम्र व्यवहार र इन्नोसेन्स आफुलाई मन पर्ने उनले खुलाए ।


साथै गुलसनले आफु र मनिषा कोइरालाको बीचको मित्रताबारे पनि खुलेर बयान गरे । यी दुई बलिउडका करीबी दोस्त मानिन्छन् । मनिषा कोइरालाको पहिलो हिन्दि फिल्म ‘सौदागर’मा गुलसनको पनि अभिनय रहेको थियो । त्यसपछि उनीहरुले ‘मिलन’ , ‘बाघी’ ‘मोक्ष’ ‘ह्न्दुस्तान क कसम’ लगायतका कैयौं फिल्ममा संगै काम गरेका थिए ।

बलिउड देखि हलिउडसम्मका फिल्ममा काम गरेका गुलसनको पहिलो नेपाली चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ हो । उनि आफ्नो पहिलो नेपाली फिल्मलाई लिएर उत्साहित छन् । चैत्र १ यानकी भोलि देखि पर्दर्शनमा आउने चलचित्रमा गुलसनका अलावा आना शर्मा, कर्मा , निर शाह, मिथिला शर्मा लगायतको प्रमुख भूमिका रहेको छ ।