कलंकको नयाँ पोस्टरलाई लाग्यो चोरीको आरोप, देखियो वरुण धावनको भल्लालदेव रुप

  • 90
  •  
  •  
  •  
  •  
    90
    Shares

एजेन्सी, घोषणा मितिदेखि नै प्रतिक्षित बनेको फिल्म ‘कलंक’को नयाँ पोस्टर सार्वजनिक भएको छ । वरुण धावन फ़िचर्ड उक्त पोस्टर रिलिज भएको केहि घण्टा पनि नबित्दै बिबादित बनेको छ । उक्त पोस्टरमा वरुण साँढेसंग लडिरहेको देखाईएको छ । जुन दृश्य दर्शकले यस अघि चलचित्र बहुबालीमा देखिसकेका छन् । अहिले दर्शकले बरुणलाई भल्लालदेवसंग तुलना गर्न थालेका छन् भने कतिले चोरेको समेत भन्न थालेका छन् ।


पोस्टरमा वरुणको लुक्स समेत भल्लालदेवसंग मिलेको भन्दै आलोचना भैरहेको छ । केहि दिन अघि मात्र ‘कलंक’को सर्ट ट्रेलर सार्वजनिक भएको थियो । फिल्ममा वरुणका अलावा आलिया भट्ट, माधुरी दिक्षित, संजय दत्त, सोनाक्षी सिंह लगायतको अभिनय छ ।