एउटै गाडीमा काम गर्ने यी पौरखी जोडी, महिनामै कमाउछन् लाखौ रकम

  • 189
  •  
  •  
  •  
  •  
    189
    Shares

काठमाडौँ । गर्यो भने के हुन्न भन्ने कुरालाई यो जोडीले प्रमाणित गरेर देखाएका छन् । ललितपुर महानगरपालीका महालक्ष्मीस्थानमा बस्दै आएका दिल बहादुर वाइबा र लक्ष्मी वाइबा दैनिक जसो सँगै हुन्छन् । भक्तपुर, कोटेश्वर हुँदै कलंकी चल्ने रुटमा गाडी चलाउने दिल बहादुरले आफ्नै जीवन संगीनी लक्ष्मीलाई सहचालकको रुपमा राखेका छन् ।

जताततै सञ्चालन हुने बसमा प्राय कमै भेटिन्छन् महिला सहचालक त्यसै भित्र पर्ने एक हुन् लक्ष्मी । २०४२ सालदेखि राजधानी छिरेका दिलबहादुर र उनकी पत्नी लक्ष्मीले चालक र सहचालकको काम गरेको १८ वर्ष भइसक्यो । काठमाडौँमा चालकको काम छोडेर झण्डै एक दशक प्रदेशिएका दिल बहादुर नेपाल आएर आफ्नै कमाइमा बस किनेका हुन् ।

लामो समय परिवारको लागि एक्लिएका उनी अहिले श्रीमतीसँगै काम गर्न पाउँदा निकै खुसी देखिन्छन् । आफ्नो निजी गाडी भएकाले दिनभर भएको आम्दानी अरुलाई भाग लगाउनु पर्दैन् । सहचालक समेत आफै रहेको कारण कुनै झन्जट नभएको लक्ष्मीको भनाइ छ । परिवारको सबै आवश्यकता गाडीबाट भएको आम्दानीले नै पुरा गर्छन् । तीन सन्तानका बाबू आमा रहेका उनीहरुले एक छोरा र एक छोरीको विवाह गराइदिइसकेका छन् भने कान्छो छोरा पढ्दै छन् ।

महिला सहचालक भएको गाडीमा चढ्दा यात्रुहरु समेत खुसी हुने गरेको लक्ष्मीको अनुभव छ । गाडीबाटै भएको आम्दानीबाट परिवारको खर्च कटाएर महिनाको डेढ लाख मज्जाले बचत गर्छन् । चालक र सहचालकको रुपमा दैनिकी बिताउँदै आएका उनीहरुको दैनिकी खुसी साथ चलेको छ ।