बलिउडका अजय देवगन र साउथका राम चरण एउटै फिल्ममा, आयो पहिलो लुक्स

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

एजेन्सी, बाहुबली सिरिज बनाएर चौतर्फी चर्चा कमाएका एसएस राजामौलीले बनाएको नयाँ फिल्म ‘आर आर आर’ को पहिलो लुक्स सार्वजनिक भएको छ । ४०० करोडको बजेटमा बन्ने यस फिल्ममा अजय देवगन, राम चरण, आरटि राम राव, आलिया भट्ट लगायतको प्रमुख भूमिका छ । फिल्मको पहिलो लुक्ससंगै रिलिज मिती पनि सार्वजनिक गरिएको छ । यस फिल्म वर्ष २०२० को जुलाई ३० मा रिलिज हुनेछ ।

बहुबाली जस्तै यस फिल्म पनि दर्शकमाझ घोषणा गरिएको मितीदेखि नै प्रतिक्षित बनेको थियो । निर्देशक रजमौलीका हरेक फिल्म दर्शकले प्रतिक्षा गर्ने गर्दछन् । बाहुबली आउनु अघि पनि उनले ‘मागधिरा’, ‘मख्खी’ जस्ता हिट फिल्म बनाएका थिए । यस फिल्मको लागि पनि उनले धेरै समय लगाएका छन् र फिल्मबाट आशाबादी देखिएका छन् ।