एटिएममा पैसा निकाल्दै गरेकी महिलालाई लुटेका लुटेराले हाँस्दै फिर्ता गरे लुटेको पैसा (भिडियो सहित)

  • 259
  •  
  •  
  •  
  •  
    259
    Shares

काठमाडौँ । एटिममा पैसा निकाल्न गएकी एक महिलाको पैसा लुटेका लुटेराले पुन पैसा फिर्ता दिएको घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । चीनको हेयुआन शहरमा भएको यो घटनालाई लिएर धेरैले लुटेराको प्रशंसा गरिरहेका छन् ।

सिसिटीभि फुटेजबाट निकालिएको यो भिडियोमा आइसीबीसी बैंकको एटिएमबाट पैसा निकाल्दै गरेको देखिएको छ । जब महिलाले एटिएमबाट पैसा निकाल्दै गर्दा आएका एक लुटेरा त्यहाँ आउँछन् । चक्कु देखाएर महिलाको सबै पैसा लुट्छन् । महिलाले डराएर सबै पैसा लुटेरालाई दिन्छिन् ।

उनले २५०० युआन एटिएम बाट निकालेकी थिइन् । सबै पैसा लिएको लुटेराले फेरि ती महिलालाई एटिएममा कति पैसा छ भनेर हेर्न समेत पठाउँछ । एटिएममा एक पैसा पनि बाँकी नभएको थाहा पाएपछि लुटेराले महिलाको सबै पैसा फिर्ता दिएको भिडियोमा देख्न सकिन्छ ।