प्रेमीकोे पेटमा छुरा रोपेर मार्ने प्रयास गर्दा प्रेमीकालाई चुम्बन गर्दै नमार्न बिन्ती गरे(भिडियो सहित)

  • 1.9K
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

काठमाडौ । एक युवतीले प्रेमीलाई पेटमा छुरा रोपेर हत्या गर्ने प्रयास गर्दा प्रेमीकालाई अंगालो हालेर चुम्बन गर्दै नमार्न बिन्ती गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मेक्सिकोको ला क्याुकाडा होटलको बाहिर सामान्य झगडा गरेका युवा युवतीको झगडाले भयानक रुप लिएपछि युवतीले प्रेमीलाई छुरा प्रहार गरेकी थिइन् । पेटमा छुरा रोपेपछि पेटमा हात राख्दै घुँडा टेकेर बसेका प्रेमीले चिच्याउँदै अंगालो हालेर नमार्न भनेका छन् ।

मलाई माफ गर माया, प्लिज झटो नबोल भनेको आवाज सुन्न सकिन्छ । ती युवाले छिमेकीको सहयोग माग्दै झुटो आरोप स्वीकारेर उसले मलाई मार्न चाहन्छे भनिरहेको थिए । युवतीले झटपट उठेर म तिमीलाई माया गर्छु त कसरी मार्न सक्छु भेनकी छन् । युवतीले म तिमीलाई कहिल्यै मार्न सक्दिनथे होला तर तिमील म माथि कस्तो व्यवहार गर्यौ भन्दै आक्रोस पोेखेकी छन् । घाइते युवाले भनेका थिए ‘भगवान साक्षी छन् ।’

घटनाको बारेमा जानकारी पाएर घटनास्थल पुगेका प्रहरीले आफ्नो कारमा पर्याप्त प्रेट्रोल नभएको भन्दै पिडित युवालाई अस्पताल लान अस्विकार गर्यो । त्यसको लगतै घटनास्थलमा आएको एम्बुलेन्सले अस्पताल पुर्याएका युवक सल्यक्रियापछि खतरामुक्त भएका छन् । आरोपी युवतीलाई प्रक्राउ गरेर अनुसन्धान भइरहेको छ ।