निक जोनसको गीत बिलबोर्डको १ नम्बरमा परेपछि प्रियंकाले पाइन् यति महंगो कार उपहार, मूल्य कति ?

  • 4.4K
  •  
  •  
  •  
  •  
    4.4K
    Shares

काठमाडौ । अमेरिकी पप गायक निक जोनसको दाजुभाई मिलेर बनाएको एउटा म्यूजिक भिडियो एल्बम ‘सकर’ रिलिज भएको छ । उक्त म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको केमिस्ट्री देखाइएको छ । यो गीत अहिले बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ । यसरी जोनस ब्रदर्सको म्यूजिक भिडियोले रेकर्ड बनाएको यो दोस्रो पटक हो ।

यस गीतको अपार सफलतापछि अभिनेत्री प्रियंकाले खुशी ट्वीटरमार्फत व्यक्त गदै यस्तो लेखेकी छन् । ‘जोनस ब्रदर्सको म्यूजिक भिडियो एल्बम ‘सकर’ बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । यो भन्दा बढी गर्वको कुरा अरु हुन सक्दैन ।’

उता पति निक पनि आफ्नो गीत पहिलो नम्बरमा परेपछि खुसी हुदै प्रियंका चोपडालाई निकै नै महंगो कार उपहार दिएका छन् । केही जानकारी अनुसार उक्त मर्सिडिज कारको मूल्य करिब १७ करोड रुपैयाँ पर्ने बताइन्छ । त्यसपछि प्रियंकाले उपहार पाएको कारसँगै पति निकका साथ फोटो खिचाउँदै सामाजिक सञ्जालमा यस्तो लेख्दै पोष्ट गरेकी छिन् । जब पति नम्बर १ बन्न सफल हुन्छन, तब पत्नीलाई उपहारको रुपमा कार प्राप्त हुन्छ ।