पेटको समस्याले पार्छ मस्तिष्मा असर : हेर्नुहोस् के भन्छ अध्यनले

  • 93
  •  
  •  
  •  
  •  
    93
    Shares

काठमाडौँ । पेटको सम्बन्ध शरिरको सम्पूर्ण अंगमा पर्ने गर्छ । पेटमा भएको समस्याले शरिररको भित्री भागमा मात्रै हैन बाहिरी आवरणमा समेत समस्या ल्याउँछ । जस्तै हात, खुट्टा, नङ, कपाल आदि । पेट खराब छ भने त्यसको असर अनुहारमा तुरुन्तै देखिन्छ । त्यसकारण पेटको समस्यालाई मूल कारक मानिएको हो । यसै सन्र्दभलाई लिएर पछिल्लो समय एउटा नयाँ तथ्य बाहिर आएको छ ।

पेट खराब, दिमाग खराब : दिमाग र पेटको गहिरो सम्बन्ध रहेको हुन्छ । यस्तो कुराको बारेमा डिप्रेशनमा परेका व्यक्तिले उपचार गरेका छन् भने मात्रै थाहा पाउँछन् । ब्रिटेनका मनोचिकित्सक डाक्टर जर्ज पोर्टर फिलिप्सको पछिल्लो अनुभवले यस्तै बताएको छ । डा. फिलिप्स लण्डनले रोयल अस्पतालमा यस्तै कुराको अनुभव गरेका थिए । पागल खानाको नामले प्रख्यात भएको अस्पतालमा उनले विशेष अनुभव गरेका थिए ।

अनुसन्धानको क्रममा डा. फिलिप्सले दिमागी समस्याको पहिलो सिकार भनेको पेट पोल्ने, कब्जीयत हुने, अपच हुने, जस्ता समस्या रहेको पाएका थिए । उनले गरेको अनुभवमा नङ लामो हुनु कपाल फुस्रो तथा रुखो हुन् थियो । सामान्यतया मानिसको मन शान्त नभएको कारण यिनीहरुको मानसिक अवस्था ठिक नभएको र हुलिया ठिक नभएकाहरु रहेका थिए । डा. फिलिप्सले भने डिप्रेसन हुनुमा पनि कतै पेटको खराबी हैन भनेर सोच्न थाले ।

कस्तो हुन्छ दिमागसँग पेटको सम्बन्ध ?

१८ जना विरामीसँगको अनुसन्धानपछि दिनमाग र पेटको सम्बन्ध बारे पता लागेको हो । त्यस्तो समस्यालाई हटाउन खानामा माछा मासुको सट्टा फर्मेन्टेड दूध दिए । दूधमा पाइने ल्याक्टा भिसिलस नामको किटाणुले पेटलाई फाइदा पुर्याउँछ । यसो गर्दा त्यहाँ भएका धेरै विरामीहरु निको भए । यसरी डा. फिलिप्सले पेट र दिमागसँगको सम्बन्ध पत्ता लगाएको थिए । आन्द्रामा भएका व्याक्टेरिया हाम्रो स्वास्थ्यसित गहिरो रुपमा जोडिएका हुन्छन् । यसले मानसिक स्वास्थ्यसँग पनि सम्बन्ध जोडेको हुन्छ । पेटको ब्याक्टेरियासित मानसिक स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध रहेको छ ।

के भन्छ, अनुसन्धान ?

क्यानाडाको म्याकमास्टर विश्वविद्यालयकी प्रोफेसर जेन एलिसन फोस्टर भन्छिन्, पेटमा भएको ब्याक्टेरियाले दिमागमा गहिरो प्रभाव पारेको हुन्छ । पेटको उपचार गर्न सकिन्छ तर दिमागको उपचार गर्न गाह्रो हुन्छ । यस्तै जेन एलिसन भन्छिन्, दिमागमा तनाव उत्पन्न हुने पेटमा हुने समस्याको एक कारण हो । जसले पेटसम्बन्धी समस्यालाई केही राहत दिन्छ ।
यस्तो अनुसन्धन मुसामा गरेर सफल भएपछि मानिसमा सुरु गरिएको थियो ।

मुसालाई पनि डिप्रेसन ?

डिप्रशनबाट ग्रस्त बिरामी पेटबाट किटाणु निकालेर मुसामा राखियो । त्यसपछि मुसाको व्यवहारमा आएको परिर्वनलाई देखियो । पेटको ब्याक्टेरियालाई बदलेको खण्डमा व्यवहारमा समेत परिवर्तन आउने अमेरिकी वैज्ञानिक जुलियो लिसिनियो बताउँछिन् । यसबाट के पत्ता लगाउन सकिन्छ भने पेटको किटाणुले दिमागी स्वस्थ्यमा प्रभाव पार्छन् ।

आन्द्रा र दिमागबीचको संवाद : पेटमा रहेका केही किटाणुले आन्द्राको पर्खालमा रहेको प्रजातिलाई सुरक्षा दिन्छ । जो रगतमा मिसिन पाउँदैन् । यस्ता किटाणुहरु रगतमा मिसिए भने पेट खराब हुनु , पेटमा जलन हुनु तथा पेटको समस्या हुनसक्छ ।

आन्द्रको पर्खाललाई सुरक्षा दिने ब्याक्टेरिायको कारण मुड खराब हुने, आलस्य हुने जस्ता समस्याहरु आउँछन् । यसकै कारण बिरामी लामो समय डिप्रशनको सिकार बन्ने गर्छ । त्यो बाहेक भेगस नामको तन्त्रिकामार्फत दिमागले आन्द्राको काजकाजलाई नियन्त्रित गर्छ ।
भेगसको माध्यमद्धारा दिमागले आन्द्रासम्म सन्देश पुर्याउने काम गर्छ । जेन एलिसनका अनुसार डिप्रेशनको समस्या कम गर्न ब्याक्टेरियाले अवश्य कुनै मार्गनिर्देशन गर्छ ।

मानव आन्द्रासित सम्बन्धि उपचार : डिप्रेशन कम गर्न दिइने औषधी सबैको लागि मान्य छैन् । यस्तो औाषधी सबैको लागि प्रभावकारी नहुने हुँदा फाइदा भन्दा धेरै बेफाइदा हुन्छ । त्यसकारण आन्द्राको ब्याक्टेरियोका बारेमा सुक्ष्म अधयन गरेर मात्रै उपचार गर्नु उचित हुन्छ । डा. फिलिप्स भन्छन्, यो अनुसन्धान प्रारम्भिक रहको छ । त्यसकारण खानपान शैलीलाई बदलेर डिप्रेसनको समस्या कम गर्न सकिन्छ । जेन एलिसनको भनाइ अनुसार प्रत्येक मानिसको आन्द्रामा फरक फर किसिमको ब्याक्टेरिया हुन्छ । त्यसैले, ब्याक्टेरियाको प्रकृति अनुसार रोगको उपचार गर्न सकिन्छ ।

दिमागसँग आन्द्राको सम्बन्ध  : अमेरिकी वैज्ञानिक जुलियो लिसिनियो पनि भन्छन्, दिमाग र आन्द्राको सम्बन्ध धेरै हुन्छ । त्यसकारण डिप्रेशनमा आधारित रहेर यसको उपचार पद्धती खोज्ने प्रयास भइहेको छ । यद्यपी खानपानको माध्यमद्धार पनि डिप्रशनलाई कम गर्न सकिने पाइएको छ । यसको लाग खानपानमा फलफूल, सागसब्जी, बदाम, समुद्री खाना तथा वनस्पतिको तेलको मात्रा धेरै हुन्छ भने रातो मासु र चिनीको उपयोग कम गर्न सकिन्छ ।

अष्ट्रलियाको डिकिन विश्वविद्यालयका फेलिस जैका भन्छिन्, दिमाग र पेटको सम्बन्ध जति गहिरो रहेको छ त्यतिकै खाना र दिमागको सम्बन्ध रहेको छ । मानिसलाई चाहिने भनेको मनको शान्ति हो । त्यसको लागि मनलाई शान्त र खानपानमा ध्यान दिनै पर्छ ।