जिदानलाई प्रशिक्षक नियुक्त गर्ने रियलको निर्णय उपयुक्तः माउरिन्हो

  • 163
  •  
  •  
  •  
  •  
    163
    Shares

काठमाडौंः रियल मड्रिडले पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई पुनः प्रशिक्षक नियुक्त गरेको विषयमा जोसे माउन्हिोले प्रतिक्रिया जनाएका छन् । रियलले हालै तीन पटक च्याम्पियन्स लिग जिताएका जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो । माउन्हिोले रियलको निर्णयलाई उपयुक्त भएको बताएका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक रहेका माउरिन्होलाई समेत रियलले प्रशिक्ष नियुक्त गर्ने समचार बाहिरिएका थिए ।

तर, स्पेनको चर्चित र सफल क्लब रियलकै महत्वपूर्ण केहि व्यक्तिहरु भने माउरिन्होको विपक्षमा रहेका थिए । त्यसमध्ये टोलीका कप्तान सर्जियो रामोस एक हुन् । यसबीचमा रियललले जिदानलाई पुनः आफ्नो प्रशिक्षक नियुक्त गरेपछि तत्कालका लागि माउरिन्होको सम्भावना सकिएको थियो।

‘जिदान रियलका लागि सहि प्रशिक्षक हुन् । उनका लागि पुन एक पटक आफुलाई प्रमाणित गर्ने महत्वपूर्ण मौका हो,’ माउरिन्होले भनेका छन्,‘ रियलको नयाँ योजनाका लागि उनी सहि छनोट हुन् । पछिल्ला केहि वर्षमा उनले दिलाएको सफलताका आधारमा प्रशिक्षकका लागि उनी सहि व्यक्ति हुन् ।’

रियलमा जाने अवसरबाट बञ्जित भएका विषयमा माउरिन्होले भने,‘ मैले कहिल्यै पनि म जान चाहन्छु वा चाहन्न भनेको थिइन । मैले यति भनेको थिए जिदान रियलका लागि सहि व्यक्ति हुन् ।’