मेस्सीले भने, ‘रोनाल्डोको प्रर्दशनबाट चकित छु’

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

काठमाडौंः बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोको प्रर्दशनबाट आफु चकित बनेको बताएका छन् । च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्धको खेलमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गरेपछि एट्लेटिकोलाई ३–२ ले हराएर युभेन्ट्सले क्वाटरफाइनलको यात्रा तय गरेको थियो । रोनाल्डोको ह्याट्रिक प्रदर्शनपछि मेस्सीले रोनाल्डोले जादुमयी प्रदर्शनबाट आफु छक्क परेको बताए ।

‘क्रिस्टियानो र युभेन्ट्स अति उत्तम छ । यो एउटा ठूलो आश्चर्य हो किनभने मैले सोचेको थिए एट्लेटिको बलियो छ,’ लियोनविरुद्धको खेलपछि मेस्सीले भने,ु तर, क्रिस्टियानोको जादुमयी ३ गोलमा युभेन्ट्सले उनीहरुलाई पराजित गर्यो।’

रोनाल्डोले ह्याट्रिक गरेपछि युभेन्ट्सले पहिलो लेगमा २–० ले पछि परेको स्थिति उल्टाएर ३–२ जितसहित अन्तिम आठको यात्रा तय गरेको थियो ।