न्युजिल्यान्डको क्राइस्टचर्च सहरस्थित दुई मस्जिदमा बन्दुकधारीको गोलीबाट नौजना मारिए

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

एजेन्सी, १ चैत । न्युजिल्यान्डको क्राइस्टचर्च सहरस्थित दुई मस्जिदमा बन्दुकधारीको अन्धाधुुन्ध गोली प्रहारबाट नौजना मारिएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार बन्दुकधारी अहिले पनि सक्रिय रहेकाले थप मानवीय क्षतिको विवरण आउन सकेको छैन । प्रहरी प्रशासनले सबै सहरवासीलाई आफ्नै घरभित्र बस्न अपिल गरेको छ ।

शुक्रबारको दिन मस्जिदमा नमाज पढिरहेका बेला बन्धुकधारीले आक्रमण गरेका हुन् । प्रहरीले एक संदिग्ध बन्दुकधारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आक्रमणकारीको संख्या धेरै रहेको प्रहरीको भनाइ छ ।

न्युजिल्यान्डका प्रधानमन्त्रीले गोलीकाण्डको भत्र्सना गरेका छन् । प्रधानमन्त्री जेसिन्डाले मस्जिदमा गोलीकाण्ड न्युजिल्यान्डको कालो दिनमध्येको एक रहेको बताए ।