‘जानी नजानी’, ‘द म्यान फ्रम काठमाडौं’ र ‘पुरानो बुलेट’ एक साथ सिनेमा हलमा

  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं, १ चैत । यो शुक्रबार ‘जानी नजानी’, ‘द म्यान फ्रम काठमाडौं’ र ‘पुरानो बुलेट’ एक साथ रिलिज भएका छन् । लभस्टोरी चलचित्र ‘जानी नजानी’ वसन्त अधिकारीको निर्देशनमा तयार भएको चलचित्र हो । रोशनी केसी प्रस्तुतकर्ता रहेको चलचित्रमा सागरकाजी माली र मोदनाथ खनाल निर्माता छन् । मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् । चलचित्रको गीत यसअघि नै हिट भइसकेको छ । चलचित्रले सिंगल स्क्रिन थियटर र मल्टिप्लेक्स हलमा राम्रै शो पाएको छ ।

नकिम उद्दिनको निर्माणमा बनेको ‘द म्यान फ्रम काठमाडौं’ को लगानी पाँच करोडभन्दा बढी छ । अन्तर्राष्ट्रिय बजारलाई केन्द्रित गरेर निर्माण गरिएको चलचित्र नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गरिएको छ । पेमा डोन्धुपको निर्देशनमा तयार भएको चलचित्रमा जोसे म्यान्युल, आना शर्मा, गुलसन ग्रोवर, हमिद शेख, शिशिर वाग्देल, कर्म, निर शाहलगायतका कलाकारको अभिनय रहेको छ ।

भीषण राईको निर्देशनमा तयार भएको चलचित्र ‘पुरानो बुलेट’ मा अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बू मुख्य भूमिकामा छन् । अशोककुमार राई, टिका रमा राई, वीरेन सम्बा र दिपेन लिम्बु निर्माता रहेको चलचित्रमा सन्तोष राई कार्यकारी निर्माता रहेका छन् ।