राष्ट्रपति भण्डारी दिउँसो साढे ३ बजे स्वदेश आइपुग्ने

  • 55
  •  
  •  
  •  
  •  
    55
    Shares

काठमाडौं, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै छिन् ।

संयुक्त राष्ट्रसंघको शक्तिमा रहेका महिला भेलाका लागि न्युयोर्क गएको राष्ट्रपतिसहितको नेपाली टोली कतारबाट कनेक्टिङ फ्लाइटमार्फत दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्नेछ ।

न्युयोर्क भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले शक्तिमा रहेका महिला भेलामा सम्बोधन गरेकी थिइन् । महिलाको अवस्था परिषदको सम्मेलनका क्रममा आयोजित शक्तिमा महिला विषयमा भेलामा राष्ट्रपति सहभागी भएकी थिइन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज, राष्ट्रसंघ महासभा सभापति मारिया फर्नान्डा तथा इस्टोनिया र क्रोयसियाका समकक्षीसँग पनि भेट गरेकी थिइन् ।