तितेपातीको यी ७ अचुक औषधिय गुणहरु जान्नुस् (भिडियो)

  • 99
  •  
  •  
  •  
  •  
    99
    Shares

काठमाडौ । तितेपाती हाम्रो स्थानीय स्तरमै प्रशस्त मात्रामा पाइने एक किसिमको झार हो । यो बास्नादार तथा औषधिय गुण भएको झार भएकाले हामी सामान्य विरामी देखि शरिरका बाहिरी अङ्गमा प्रयोग गछौ । जसले हाम्रो शरिरमा भएको विभिन्न किसिमका रोगहरुलाई नियन्त्रण गर्न सहयोग गर्दछ ।

नेपालको भुगोलअनुसार तितेपाती करिब ६ किसिमका पाइन्छन् । तर, तीतेपातीको गुण र काम एकै किसिमको हुन्छ । यसले धेरै रोगहरुको उपचार गर्न मदत गर्दछ । त्यसैले गाँउ तथा सहरमा यसको छुट्टै महत्व छ । यस्तो छ तितेपातीको ७ अचुक फाइदाहरु

-यदि तितेपातीको रस माडेर लगाउनाले लुतो घाउ खटिरा निको हुन्छ ।

-तितेपातीलाई पिनासँग मिसाएर लगाइयो भने तपाईको कपालको चाँया हटछ ।

-यदि पेटमा जुका परेकाे बेला तितेपाती खायो भने जुका नास गर्छ ।

-तितेपाती युरिक एसिड भएकालाई अचुक औषधी हो ।

-तितेपातीले बाहिरी दूषित कीटाणुलाई नष्ट गर्छ ।

-यदि तितेपाती बाहिरी घाउ वा रगत बगेको ठाउमा दिनमा दुई–तीन पटक लगाउनाले सन्चो हुन्छ ।