न्युजिल्यान्ड टुरमा रहेको बंगलादेशी क्रिकेट टोली ठूलै दुर्घटनाबाट बच्यो, सबै खेल रद्द

  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

एजेन्सी, १ चैत । बंगलादेशको राष्ट्रिय क्रिकेट टोली सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार बिहान न्युजिल्यान्डको अल नूर मस्जिदमा गोली चल्दा मस्जिद जान लागेका खेलाडी दुर्घटनाबाट जोगिएका हुन् ।

अज्ञात समूहले चलाएकोे गोलीमा हालसम्म नौजनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

मस्जिदमा गोली चलिरहेको बेला बंगलादेश क्रिकेट टोली पनि नजिकै रहेको पाइएको छ । बंगलादेशका ओपनर तमीम इकवालका अनुसार बंगालदेश क्रिकेट टिम भने सुरक्षित छ । इकवालले ट्वीट गर्दै आफुहरु सुरक्षित रहेका जनाएका छन् ।

बंगालदेश तीन टेस्टको दौरानमा अन्तिम खेलको लागि न्युजिल्यान्डमा रहेको छ । टुरका आगामी सबै खेल रद्द भएको जानकारी न्युजिल्यान्ड बोर्डले दिएको छ ।