आफ्नो १६ वर्षकी छोरीको गम्भीर रोगले यस्तो हालत बनाएपछि आमाले गरिन् यस्तो प्रार्थना

  • 2.7K
  •  
  •  
  •  
  •  
    2.7K
    Shares

काठमाडौ । भारतको मध्यप्रदेशमा बस्ने १६ वर्षकी किशोरीलाई एक अनौठो छाला रोगले सताएको छ । शालिनी नाम गरेकी ती किशोरीको दैनिक शरीरको छाला रुखको बोक्रा झरेजस्तै गरी झर्ने गर्दछ । यस्तो अचम्मको छाला रोगले सताएपछि अहिले पूरा गाँउ नै अचम्मित भएको छ ।

उनी जब ४ कक्षमा पढ्दै थिइन् । त्यसबेला उनलाई स्कुलबाट यही गम्भिर रोगको कारण निकालिदिएको उनकी आमाले बताइन् । तर उनको धेरै पढ्ने इच्छा रहेको थियो । उनको आमाले बताए अनुसार छोरीको यस्तो हालत देखेर घरमा दुखको पहाड थुप्रेको छ । त्यसैले छोरीको यस्तो हाल देखेर आमाले अब यसले यस्तो पिडा सहेर बाच्नुभन्दा मरेकै राम्रो हुन्थ्यो भन्दै भगवानसँग प्रार्थना गदै डाँको छोडेर रोइन् ।

चिकित्सकहरुका अनुसार किशोरीलाई लागेको रोग शरीरमा क्याल्शियमको कमीको कारण भएको बताएका छन् । यो छाला सम्बन्धि गम्भीर रोगहरु स्क्लेरोसिस, स्क्लेरोडर्मा र सोरायसिस रहेका छन् । यी तीन छाला रोगको अहिले रिसर्च भैरहेको चिकित्सकहरु बताउने गर्छन् । त्यसका साथै यदि गर्भवती हुँदा आमाले माटो खाएमा यस्तो हुन सक्ने बताएका छन् । उनीहरुले बताए अनुसार यो रोग समयसँगै हराउने बताउछन् । तर अहिले शालिनी निकै नाजुक अवस्थामा पुगेकी छिन् ।