ए मेरो हजुर–३ को पहिलो गीतमा देखियो अनमोल र सुहानाको आइसलेकमा रोमान्स

  • 7.4K
  •  
  •  
  •  
  •  
    7.4K
    Shares

अन्तत: चैत्र २९ गते प्रदर्शन हुने भनिएको चलचित्र ए मेरो हजुर–३ को पहिलो गीत सार्वजनिक भएको छ ।

‘तिमी बिनाको जिन्दगी, म जिन्दगीनै भन्दिनँ बोलको गीत रिलिज गरिएको हो । गीतमा अनमोल केसी र सुहाना थापाको आइसलेकमा रोमान्टिक अवतार देख्न सकिन्छ । नेपालको हिमाली भेग र अमेरिकामा खिचिएको शो भिडियो निकै आकर्षक बनेको छ ।
सार्वजनिक गीतमा गायक सुगम पोखरेल र प्रविशा पोखरेलले स्वर दिएका छन् भने एकनारायण भण्डारीको लेखन रहेको छ । गीतमा आशिष अविरलको संगीत रहेको छ ।

झरना थापा द्वारा निर्देशित तथा सुनिल कुमार थापाको निर्माणमा बनेको यही चलचित्रबाट सुहाना थापालाई डेब्यु गराइएको हो । सुहाना, सुनिल–झरनाकी सुपुत्री समेत हुन् ।

झरना थापा र सुमन पौडेलले लेखेको चलचित्रमा अनमोल र सुहानाबाहेक अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।