पूर्व प्रधानमन्त्री प्रचण्डलाई गरे रवि लामिछानेले यस्तो कडा प्रश्न , “छोरी मेयर, बुहारीलाइ मन्त्री, श्रीमतीलाई सानोतिनो रोग लाग्दा अमेरिका”

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

काठमाडौ । पत्रकार रवि लामिछानेको चर्चित कार्यक्रम जनतासँग सिधा कुरा यतिखेर सबै नेपालीहरुको दुख बिसाउने चौतारी जस्तै भएको छ । किनभने उनले हरेक एपिसोड मार्फत कुनै कुनै दुख र पिडामा परेका मानिसहरुको निम्ति बोलिराखेका हुन्छन् । त्यसैले उनको यो कार्यक्रम निकै चर्चित छ । तर उनले कार्यक्रममा समसामहिक राजनितिक र अन्य घटनाहरुको बारेमा पनि बोल्ने गर्दछन् ।

यसैक्रममा उनले भर्खरै प्रसारण भएको एपिसोडमा नेकपाका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विप्लव समूहले माइनुट गरेको कुरा सरकार मार्फत थाहा पाएपछि उक्त सार्वजनिक गरेका थिए । उक्त खुलासाको विषयमा प्रचण्डलाई रविले आफ्नो कार्यक्रममार्फत यस्तो कडा प्रश्न गरेका छन् ।

“वाह कामरेड ! जनताका छोरा मरेकोमा पिर परेन तर आफूलाई मार्छु भनेर भन्नासाथ विपलप बल्ल तपाईहरुको नजरमा लुटेरा भए ? जनताको धन र ज्यान असुरक्षित हुँदासम्म मतलब भएन तर आँफैलाई मार्ने भो भनेपछि विपलपमाथि प्रतिबन्ध ?तपाईकी आफ्नै छोरी मेयर भइन, । यो ५२ साल होइन कमरेड प्रचण्ड २०७५ साल हो । तपाईकी आफ्नै बुहारी मन्त्री छिन् । तपाई आफ्नी श्रीमतीलाइ सनोतिनो रोग लाग्दा अमेरिकामा लगेर उपचार गदै हुनुहुन्छ ”।

यो ५२ साल होइन, राजा छैनन् । तपाईहरुको जीवनमा आएको परिर्वतनले राजा छैनन भनेर कसरी पत्याउने । भनेर कडा प्रश्न गरेका थिए । जुन अहिले चर्चाको विषय बनेको छ । हेर्नुस् बाकी भिडियोमा