अचम्मको घटना ! कुखुराको समूह मिलेर मार्यो स्याल

  • 127
  •  
  •  
  •  
  •  
    127
    Shares

काठमाडौ । भनिन्छ , एकतामै ठुलो बल हुन्छ । यो कुराको फ्रान्समा एक कुखुराहरुको समूहले प्रमाणित गरेको छ । तपाईहरुले धेरै समाचारहरुमा स्यालले कुखुरा मार्यो भनेको सुन्नु भएको होला । तर आज हामी तपाईलाई कुखुराहरुको समूह मिलेर स्याललाई मारेको अनौठो खबर सुनाउदै छौ ।

यो घटना उत्तर पश्चिमी फ्रान्सको हो । त्यहाँ एकदिन एउटा कुखुरा फर्ममा स्याल पसेर कुखुराहरु खान खोज्दै थियो । तर त्यस स्याललाई कुखुराहरुको ठुलो समूह मिलेर चुच्चोले ठुगेर मारेको छ । उक्त कुखुरा र्फमको मालिका अनुसार करिब ३ हजार भाले तथा पोथी कुखुराहरु र्फममा रहेका थिए । तर उनले मारेको २ दिनपछि कुखुराले ठुगेको र नङ्ग्राले चिथोरेको अवस्थामा डामसहित मृत स्याल फेला पारेका थिए ।