निकलाई पूर्वप्रेमिकासँग च्याट गर्दै गरेको प्रियंकाले रङ्गेहात भेटाएपछि भयाे यस्तो

  • 834
  •  
  •  
  •  
  •  
    834
    Shares

काठमाडौ । बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस विवाहपछि हाल अमेरिकामा बस्दै आएका छन् । सञ्चार माध्यममा विभिन्न कारणले चर्चामा आउने यो जोडी अहिले एक गीतले चर्चामा आएका छन् ।

भर्खरै निक जोनसको दाजुभाई मिलेर बनाएको एउटा म्यूजिक भिडियो एल्बम ‘सकर’ रिलिज भएको थियो । उक्त म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको केमिस्ट्री देखाइएको छ । यो गीत अहिले बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ । यसरी जोनस ब्रदर्सको म्यूजिक भिडियोले रेकर्ड बनाएको यो दोस्रो पटक हो ।यसले अहिले उनीहरुलाई चर्चाको शिखरमा पुयाएको छ ।

त्यसैगरी निक अहिले पूर्वप्रमिकासँगको सम्बन्धको कारण पनि चर्चामा आएका छन् । किनभने निकको र माइलीको सम्बन्ध प्रियंकासँग भेट्नुभन्दा अगाडि देखि नै थियो । त्यसबेला उनीहरु एकअर्कासँग डेट गरिरहेका थिए । तर उनको पूर्वप्रेमिका माइलीले केही दिन अगाडि मात्र निकलाई इन्स्टाग्राममा एउटा तस्बिर पठाइन् । उक्त फोटामा माइली र उनकी बहिनी थिए ।

जुन तस्विरमा माइलीले जोनसको तस्बिर भएको टिसर्ट लगाएकी छिन् । त्यसका साथै उनले तत्कालै उनले निकले दिएको रिप्लाईसहितको स्क्रीनशट फेरि अपलोड गरिन् । जहाँ माइलीले ‘जब तपाईका पूर्वप्रेमीलाई थाहा होस् कि पुरानो फोटो हट थियो’ भनेर लेख्दै सेयर गरेकी थिइन् । यता निकले फोटोको कमेन्टमा‘यो तस्बिर निकै हट छ’ भनेर लेखे । जब यो सबै चर्तिकला प्रियंकाले देखिन् उनले पनि फोटोमा यस्तो कमेन्ट गरिन् ‘हाहाह ‘हबी’ सही हो । यो फोेटो वास्तवमै हट छ ।’ यही २ कारण अहिले उनीहरु चर्चामा छन् ।