च्याम्यिन्स लिग कवाटरफाइनलको ड्र सार्वजनिक, कसको प्रतिद्वन्दी को ?

  • 282
  •  
  •  
  •  
  •  
    282
    Shares

काठमाडौंः यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र शुक्रबार सार्वजनिक भएको छ । सार्वजनिक भएको ड्र अनुसार क्याटलान क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको छ ।

इटालियन क्लब युभेन्ट्सले डच क्लब आयाक्सको सामना गर्नेछ । गत सिजनको उपविजेतालिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोसँग खेल्नेछ । अर्को खेलमा दुई इंग्लिस टोली टोटेनहम हट्सपर र म्यानचेस्टर सिटीले एकआपसमा खेल्नेछन् ।

प्रतियोगिताको सेमिफाइनलको ड्र पनि सार्वजनिक भएको छ । टोटेनहम र सिटीको विजेताले आयक्स र युभेन्ट्सको विजेतासँग खेल्नेछ । बार्सिलोना र युनाइटेडबीच खेलको विजेताले लिभरपुल र पोर्टोको खेलको विजेतासँग फाइनल प्रवेशका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।