आँखा कमजोर भए यी उपाय अपनाउनुहोस् , जसले जादु चलाउँछ

  • 109
  •  
  •  
  •  
  •  
    109
    Shares

काठमाडौँ । मानव जीवनको संवेदनशील अंग आँखा अत्यन्तै आवश्यक रहेको छ । विश्वभरका ७० प्रतिशत मानिसमध्ये अधिकांशले आँखाको समस्या झलिरहेका छन् । आँखा दुख्ने, पोल्ने, चिलाउने, सुख्खा हुने जस्ता समस्या मानिसमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

आधुनिक जीवनशैलीमा बढ्दो मोवाइल , कम्युटर, आइप्याड जस्ता अत्याधुनिक सामाग्रीको अधिक प्रयोगले आँखाको समस्या बढ्दै गएको पाइएको छ । आँखाको समस्या भएको कारण धेरै व्यक्तिले चस्मा प्रयोग गर्ने गरेका छन् । कतिले चस्माको झन्जटबाट मुक्त पाउनको लागि लेन्सको प्रयोग गर्ने गर्छन् । सामान्यत तया आँखामा समस्या भएपछि निको हुन्न भन्ने मानिसहरुको धारणा रहेको छ तर आँखाको समस्यालाई घरेलु उपायको प्रयोग गरेर निको पानै सकिन्छ ।

त्यसको लागि मसाज र खानपिनको शैलीलाई परिवर्तन गर्नुपर्छ । आँखा वरिपरिको भागलाई औँलाको टुप्पोको सहायताले बदामको तेल लगाएर मसाज गर्ने । हल्का तरिकाले गोलकार शैलीमा आँखाको मसाज गर्नुपर्छ ।

यसरी मसाज गरेपछि काक्रो र सोफको पैस्ट लगाउनुपर्छ । सुप र काक्रोको पेस्ट बनाउनको लागि सुरुमा नै भिजाएर राख्नु राम्रो हुन्छ । भिजाएर राखेको सुप र काक्रोलाई मिसाएर पिस्ने । त्यसपछि केही मेनेटसम्म उक्त पेस्टलाई फ्रिजमा राख्ने । आँखाको वरिपरि लगाएर करिब तीस मिनेटसम्म राख्ने । कम्प्युटरको अगाडी धेरै बस्ने व्यक्तिले हप्तामा दुईपटक सम्म लगाउने । यस्तो पेस्ट राती सुत्नुभन्दा अगाडी नै लगाउनुपर्छ ।

घ्यू कुमारीको जुसले पनि आँखाको समस्यालाई निको पार्छ । घ्यूकुमारीको जुस आँखा कमजोर हुने व्यक्तिले सेवन गर्नु फाइदाजनक रहेको छ । अमलाको जुस, गाँजरको जुस पनि आँखाको लागि राम्रो हुन्छ । त्यस्तै पेटको समस्याले आँखामा असर पर्ने हुँन्छ । त्यस्तै अपच हुने जस्ता खानेकुराबाट टाढा रहनुपर्छ । अत्याधिक पानी पिउनुपर्छ । र फाइबर युक्त खानेकुरा बढी खाने गर्नुपर्छ ।