टिकटकबाट भाइरल जुम्ल्याहा दिदीबहिनी र शिशिरको पहिलो म्युजिक भिडियो, एक दिनमै पर्यो ट्रेन्डिङमा

  • 82
  •  
  •  
  •  
  •  
    82
    Shares

टिकटकबाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको पहिलो म्युजिक भिडियो ” हाम्रो माया जिन्दावाद’ युट्युब मार्फत सार्वजनिक भएको छ।

रिलिज गरिएको २४ घण्टा नपुग्दै यो गीत युट्युबको ट्रेन्डिङमा आएको छ । गीतमा शिशिर भण्डारी र बिन्दु परियारको सुमधुर स्वर रहेको छ भने यो गीत हाल युट्युबको ट्रेनडिंग नम्बर ८ मा आइपुगेको छ । यो गीतको भ्युज आक्रमक रुपमा बढीरहेको छ । म्युजिक भिडियोमा टिकटकबाट भाइरल अरु दुई जुम्ल्याहा दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ र शरद थापा र बसन्त थापा देखिएका छन्।

यस गीतमा दीपक सिलवालको सङ्गीत रहेको छ भने शब्द शिशिर भण्डारीले लेखेका हुन् ।