नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएकी यी हुन् १६ वर्षकी स्कुले किशोरी !

  • 245
  •  
  •  
  •  
  •  
    245
    Shares

भारतीय वायुसेनाका विंग कमाण्डर अभिनन्दन वर्तमानलाई स्वदेश फिर्ता पठाएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने अभियान चलिरहेका बेला एक १६ वर्षे किशोरी समेत यस वर्षको नोबेल पुरस्कारको मनोनयनमा परेकी छिन् । स्वीडेनकी ग्रेटा थन्बर्ग नाम गरेकी स्कुले बालिकालाई जलवायु परिवर्तनको क्षेत्रमा योगदान पुर्याएवापत मनोनयन सूचीमा राखिएको हो । नर्वेका तीन जना सांसदले उनलाई मनोनित गरेका हुन् ।

यदि उनले जितिन् भने पाकिस्तानकी मलाला युसाफजाईको रेकर्ड तोडिनेछ । मलालाले १७ वर्षको उमेरमा नोबल शान्ति पुरस्कार जितेकी थिइन् । थन्बर्गले मनोनयनमा परेकोमा सम्मानित महसुस गरेको बताएकी छन् । नर्वेका सांसद फ्रेडी एन्ड्रे ओभ्स्टगार्डले एएफपीलाई भने, ‘हामीले ग्रेटा थन्बर्गलाई मनोनित गरेका छौं किनकी यदि हामीले जलवायु परिवर्तन रोक्न केही गरेनौं भने यसले युद्ध, कलह र शरणार्थी समस्याको उत्पादन गर्नेछ ।’ सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि ३०१ जना मनोनयनमा परेका छन् जसमध्ये २२३ व्यक्ति र ७८ संस्था छन् ।
को हुन्, ग्रेटा ?
स्वीडेनकी एक किशोरी । जसले आफ्नो ट्विटरमा आफैलाई वर्णन गरेकी छिन्, ‘एउटी १६ वर्षे जलवायु अभियानकर्ता’ । गएको वर्षको अगस्टमा स्विडेनको संसद अगाडि प्रदर्शन गर्दै उनले यो स्कुले आन्दोलनको शुरुवात गरेकी थिइन् ।
जलवायु परिवर्तनमाथि विश्वव्यापी ध्यानाकर्षण गर्न उनी निरन्तर रुपमा लागिरहेकी छिन् । ग्लोबल इकोनोमिकका अगुवासँग उनले भनिन्, ‘जलवायु परिवर्तनबारे असफल भएको कुरा हामीले स्वीकार गर्नुपर्ने हुन्छ ।’

सधैँको शुक्रबार उनी आफ्नो कक्षाको पढाइ छुटाउँछिन्, जलवायु परिवर्तनकोविरुद्ध आवाज उठाउन । गएको डिसेम्बरमा पोल्याण्डमा आयोजित एक संयुक्त राष्ट्रसंघको कार्यक्रममा र जनवरीमा डेभोसमा आयोजित विश्व आर्थिक फोरममा उनले जलवायुको बारेमा बोलेकी थिइन् ।