राष्ट्रपति भण्डारीको लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्प देखिएपछि

  • 69
  •  
  •  
  •  
  •  
    69
    Shares

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राज्य अमेरिकाको भ्रमण पूरा गरी हिजो शुक्रवार दिउसो स्वदेश फर्किएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा उनको स्वागतको लागि शुक्रबार रेड कार्पेट विच्छ्याइएको थियो। तर बिडम्बना सोहि रेड कार्पेटमा राष्ट्रपति भण्डारी हिड्नु पुर्व नै एउटा ठूलो सर्प कार्पेटमा दौडिएको थियो ।

भण्डारी ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन गत आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन्। उनले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी छन्।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।