होली विशेष प्रस्तुती कति पाउलान प्रितमले जजहरुबाट नम्बर ? (भिडियो सहित)

  • 2.8K
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

काठमाडौँ । भारतीय चर्चित रियालीटि शो ‘सारेगामापा लिटिलच्याम्प’ मा नेपालका दुई बाल गायकले तहल्का मच्चाइरहेका छन् । नेपाल र भारतमा मात्र नभएर विश्वभर चर्चा बटुल्न सफल भएका नेपालका प्रितम आचार्य र आयुष केसीको दमदार प्रस्तुतीले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन् ।

हिन्दुहरुको विशेष पर्व होली नजिकिदै गर्दा शनिबार प्रसारण हुने एपिसोडको लागि प्रितमले दमदार प्रस्तुती दिएका छन् । टिभीले आफ्नो फेसबुक पेज बनाएर हरेक दिन प्रसारण हुने एपिसोडको प्रोमो सार्वजनिक गर्दै आएको छ । यहि क्रममा आज प्रसारण हुने एपिसोडको प्रोमोमा प्रितमको प्रस्तुतीलाई समेटिएको छ ।

निकै रमाइलो रहेको यो एपिसोडमा प्रितमले अर्का प्रतियोगीसँगै संयुक्त प्रस्तुती दिएका छन् । आज प्रसारण हुने उनका यो प्रस्तुतीलाई जजहरुले कति नम्बर दिन्छन् भन्ने कुरा हेर्न बाँकी रहेको छ ।