मृत भनिएकी महिलाको शव पोष्टमार्टम गर्नै लाग्दा भयो यस्तो अनौठो घटना (भिडियो)

  • 75
  •  
  •  
  •  
  •  
    75
    Shares

काठमाडौँ । कोलम्बीयाको केली शहरमा एक महिलालाई दिनदहडै गोली हानिएको थियो । दिनदहडै सडकमा महिलामाथि गोली प्रहार भएपछि स्थानीयले घटनाको बारेमा प्रहरीलाई खबर गरे ।

जब प्रहरी घटना स्थल आइपुग्यो त्यसपछि प्रहरीले घटनाको बारेमा केही प्रमाणहरु जुटाउने प्रयासमा लागे । सबै प्रमाण जुटाउने काम भइसकेपछि प्रहरीले शवलाई लिएर पोस्टमार्टमको लागि अस्पताल लैजाने तयारी भइरहेको थियो । यहि क्रममामा महिलाको एउटा हात चल्यो । ३३ वर्षिय केरमन एन्ड्रा केंडेज नाम गरेकी युवती पुन अर्को हात पनि हल्लाइन । त्यसपछि थाहा भयो की उनी जिवितै छिन् । घटनालाई लिएर कयौँ मानिसहरु चासोको साथ क्यामेरामा रेकर्ड गरिरहेका थिए ।

गोली लागि अचेत अवस्थामा रहेकी महिलालाई अस्पतालमा लगेर उपचार गराउँदा डाक्टरले उनको अवस्था स्थिर रहेको बताए । मृत्यु भयो भनेर पोस्टमार्टम गर्न तयार भएकी महिला अहिले खतरामुक्त भएकी छन् । घटनाको बारेमा पिडित महिलासँग सोधपुछसँगै अनुसनधान भइरहेको छ ।