शिशीरले गरे फेवातालमा हाम फालेर आत्महत्या

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

२४ वर्षीय शिशीर केसीले शनिबार बिहान पोखराको फेवातालमा हाम फालेर आत्महत्या गरेका छन् । म्याग्दीको बेनी नगरपालिकाका केसी पोखराको गण्डकी मेडिकल कलेजमा डाक्टर पढ्दै आएका थिए ।
(‘मलाई खोज्न परे यहाँ आउनु’ भन्दै साथीलाई SMS गरेका केसीले फेवातालमा हाम फालेर आत्महत्या गरेका हुन् । ताल बाट उनको शव निकालेर पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ । केसीले तालमा हाम फालेर आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी आएको छ । केसी एमबीबीएस पाँचौ वर्षमा अध्ययनरत थिए ।