‘जात्रै जात्रा’ को ‘लाइदेऊ माया पिरिम..’ बोलको गीतमा निश्चल बस्नेत, करिश्मा मानन्धरको यस्तो नृत्य (भिडियो)

  • 2K
  •  
  •  
    2K
    Shares

काठमाडौं, ४ चैत । निर्देशक प्रदीप भट्टराईको निर्देशन रहेको ‘जात्रै जात्रा’ चलचित्रको पहिलो गीत युट्युबमा सार्वजनिक भएको छ ।
आइतबार एक कार्यक्रममार्फत ‘लाइदेऊ माया पिरिम, अरुलाई दिन्न तिमीलाई फिरिमा…’ गीत सार्वजनिक भएको हो । गीतमा निश्चल बस्नेत, करिश्मा मानन्धर, वर्षा राउत, विपीन कार्की, सारा सिर्पाली, रवीन्द्र झालगायतले नृत्य गरेका छन् । निश्चल र करिश्मा यही एउटा गीतमा देखिएका हुन् ।
गीतलाई लेखु सहयात्रीले लेखेका हुन् भने संगीत कृष्ण भारद्वाजले दिएका हुन् । गीतमा निशान भट्टराई र मरिश्का पोखरेलको स्वर रहेको छ । रवीन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको ‘जात्रै जात्रा’ आगामी जेठ ३ गते रिलिज डेट तय भएको छ ।