रोमान्टिक मौसममा आयो रोमान्टिक गित ‘मिठो मिठो मायाको मौसम’ (भिडीयो सहित)

  • 10
  •  
  •  
    10
    Shares

संगीतकार गीतकार राजेश श्रेष्ठले तयार पारेको गीत ‘मिठो मिठो मायाको मौसम छ’ भिडियो सार्बजनिक गरिएको छ । सेलीब्रेटी नेपालले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपालको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको छ । निक्कै रोमान्टिक भावमा तयार पारिएको यो गीतमा संगीतकार गीतकार राजेशले आफ्नो रचना शिल्प र संगीत कौशल देखाएका छन् । मेचु धिमालको स्वरमा रहेको गीतको भिडियो पनि गज्जबको बनेको छ । करिब ३ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिई सकेकी गायिका मेचुको यो सार्बजनिक तेस्रो भिडियो हो ।

सुमधुर स्वरकि धनि गायिका मेचु धिमालको यस अघि कदम कदम र गाग्रीको पनि को भिडियोलाइ दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया मिलेको थियो यो गीत पनि अडियो र भिडियो दुवै राम्रो भएकोले दर्शकको नजरमा पर्नेमा धिमाल बिश्वस्त छिन राम्रो अवसर र काम पाएको खण्डमा आफुलाई उत्कृस्ट गायिकाको रुपमा प्रमाणित गर्ने क्षमता भएकी गायिकाका अन्य सृजनाहरु पनि तयार छन् । ति शृजना पालै पालो सार्बजनिक गर्दै जाने उनको योजना रहेको छ । हेरुका लामाको कोरियोग्राफ़ी र निर्देशनमा बनेको भिडियोलाइ सुरेश काफ्लेले छायांकन गरेका हुन् भिडियोमा बिष्णु खड्काले सम्पादन र कलर करेक्सन गरेका छन् । निर्देशक स्यंम र मोडल जेनेलिया श्रेष्ठको अभिनय रहेको छ ।