पहिलो पटक दिलिप रायमाझीसंग सालको पातकी मरिश्काले लगाइन् ठुम्का (भिडीयो सहित)

  •  
  •  
  •  

काठमाडौँ, अभिनेत्री मरिश्का पोखरेलको अभिनयमा नयाँ गीत सार्वजनिक भएको छ । ‘माया त लाउने हो’ बोलको गीतमा उनले पहिलो पटक अभिनेता दिलिप रायमाझीसंग स्क्रिन सेयर गरेकी हुन् । यस गीतबाट निकै उत्साहित रहेको ‘सालको पात’ अभिनेत्री बताउछिन् । आइतबार राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा मरिश्काले यस्तो बताएकी हुन् ।

शंकरलाल श्रेष्ठको स्वर रहेको गीतको भिडियो सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलमा हेर्न सकिनेछ । सार्वजनिक गीतमा नेपाली चलचित्रका पुराना निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ । अभिनय र नृत्यले सबैको मन जितेका अभिनेता दीलिप रायमाझीसंग अभिनेत्री पोखरेलको केमेष्ट्रि भिडियोमा गज्जबको देखिएको छ ।


कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, अभिनेता कृष्ण मल्ल, कलाकार रविन्द्र खड्कासंगै यसै गीतका गायक शंकरलाल श्रेष्ठ, अभिनेत्री मरिष्का पोखरेल, निर्देशक तथा कोरियोग्राफर लिगेश भट्टराई लगायतका उपस्थित थिए । तर कार्यक्रममा दिलिप भने उपस्थित थिएनन् ।काभ्रेको रमणीय स्थानमा गीतलाई छायांकन गरिएको छ । भिडियोको छायाँकन रामकुमार केसीले र सम्पादन कुशल शर्माले गरेका हुन् भने भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।