देउवाले बोलाएको बैठक सिटौलाद्वारा बहिष्कार

  • 7
  •  
  •  
    7
    Shares

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक नेता कृष्णप्रसाद सिटौलाले बहिष्कार गरेका छन् । देउवा निवास बुढानिलकण्ठमा सोमबार बिहानदेखि सुरु भएको बैठकमा सिटौला नगएका हुन् ।

कांग्रेस शीर्ष नेताहरुको बैठकमा वरिष्ठ नेता रामचनद्र पौडेल, उपसभापतिहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा.शशांक कोइराला, नेता गोपालमान श्रेष्ठ र बलबाहादुर केसी सहभागी छन् ।

कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०–४० को भागबन्डा गरेपछि सिटौला असन्तुष्ट देखिएका छन् । तोकिएको मितिमा केन्द्रीय समिति बैठक बस्न नसकेपछि सभापति देउवाले सहमति खोज्न आफ्नै निवासमा नेताहरुलाई बोलाएर मनाउने प्रयास गरेका थिए । तर, देउवाको निमन्त्रणालाई सिटौलाले अस्वीकार गरेका छन् ।

कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको निर्वाचनको दोस्रो चरणमा सिटौलाले देउवालाई सहयोग गरेका थिए । त्यसयता दुई वर्षसम्म सिटौलाले देउवालाई साथ दिए । तर, यतिबेला उनी देउवासँग निकै रुष्ट देखिएका छन् ।