यी हुन बलिउडका सच्चा मित्रहरु जसले पुरानो सम्बन्धलाई कहिल्यै तोडेनन्

  • 76
  •  
  •  
    76
    Shares

काठमाडौँ । सम्बन्ध होस् त साथीको जस्तो । रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ भने जस्तै केही जोडीको सम्बन्धहरुले यो भनाइलाई सार्थकता दिएको छ । बलिउडमा केही यस्ता जोडीहरु रहेका छन् जसमा एक अर्काप्रति सच्चा दोस्त रहेको छ । आज हामी बलिउडका केही यस्तै जोडीको बारेमा बताउन गइरहेका छौँ ।

महेंद्र सिंह धोनी र जोन अब्राहम : यी दुई पहिलेदेखिकै मिल्ने साथी हुन् । महेन्द्र सिंह भारतीय क्रिकेटका कप्तान हुन् । जोन अब्राहम बलिउडका चर्चित अभिनेता हुन् । यी दुवै जना मोटर साइककिङ र फुटबलको सौखिन रहेका छन् । लामो समय सँगै बिताइका यी दुई आ आफ्नो काममा व्वयस्त रहेको कारण म्यासेज र कलबाट जोडिने गर्छन् ।

सलमान खान र रवीना टंडन : रबिना टन्डन र सलमान खान पनि निकै मिल्ने साथी हुन् । यी दुवैले आफ्नो फिल्मी करियर एकै पटक सुरु गरेका हुन् । उनीहरु विभिन्न कार्यक्रम मार्फत आफुहरु मिल्ने साथी भएको बताउँदै आएका छन् ।

अक्षय कुमार र प्रियंका चोपडा : थुप्रै फिल्ममा एक साथ देखिएका अभिनेता अक्षय कुमार र अभिनेत्री प्रियंका चोपडा पनि मिल्ने साथी हुन् । प्रियंकको पहिलो हिट फिल्म पनि अक्षयसँगै अभिनय गरेको फिल्म ‘अंदाज’ रहेको थियो । अभिनेत्री प्रियंकाले आफुलाई केही सल्लाह चाहिएमा अक्षय कुमारकोमा पुग्ने गरेको बताउँदै आएकी छन । उनको यो भनाइबाट नै स्पष्ट हुन्छ की उनीहरुमा साथीको सम्बन्ध कति प्रगाढ छ भन्ने कुरा ।

अजय देवगन र तब्बू : यी दुई पुरानो साथी हुन् । साथी अरु धेरै भएपनि घनिष्ठ सम्बन्ध भएको साथी भनेको तब्बू रहेको अजय देवगनले बताउँदै आएका छन् । य िदुईले एउटै फिल्म ‘विजयपथ’ बाट सँगै डेब्यु गरेका हुन् । अजयले हरेक कार्यक्रममा आफ्नो घनिष्ठ सम्बन्ध तब्बूसँग रहेको बताउँदै आएका छन् ।

अभीषेक र अमिताभ बच्चन : बाबू छोराको सम्बन्ध घनिष्ठ त हुन्छ नै तर बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको अझ नजिकका हुन् । अभिषेकले आफ्नो हरेक कुरा बाबू अमिताभ सँग गर्ने गरेका उनले बताउँदै आएका छन् ।