तीन दिनअघि अस्पताल भर्ना भएका नेकपा नेता माधव नेपाल आज डिस्चार्ज हुँदै

  • 13
  •  
  •  
    13
    Shares

काठमाडौं, २६ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । तीन दिनअघि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । नेपालको मंगलबार नै डिस्चार्ज गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

नेता नेपाल केही दिनअघि बारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।