ओलीलाई शशांकको दनक, भ्रष्टाचार गन्ध सैह्य नभए किन बुढीगण्डकी प्रतिस्पर्धा नगराई दिएको ?

  • 24
  •  
  •  
    24
    Shares

लम्जुङ, २६ चैत । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीको भनाई र काम गराईमा आकाश जमिन फरक भएको बताएका छन् । नेपाल प्रेस युनियन लम्जुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेललनमा महामन्त्री कोइरालाले ओलीको भनाई एउटा हुने तर काम गराई अर्कै हुने गरेको बताए ।

‘प्रधानमन्त्रीज्यू भ्रष्टाचारको गन्ध आए सह्य हुन्न भन्नुहुन्छ । तर वाइडवडी काण्ड, सुन काण्ड जस्ता काण्डै काण्ड भएका छन् । भ्रष्टाचारको गन्ध सह्य नहुने प्रधानमन्त्रीले किन बुढिगण्डकी जलविद्युत आयोजनालाई किन प्रतिष्पर्धा नगराई ठेक्का दिएको,’ उनले भने ।

महामन्त्री कोइरालाले ओलीका अहिलेसम्मका काम हेर्दा सरकार असफल भएको दाबी गरे । उनले आकाश छुने करको बृद्धि, चर्को मुल्य बृद्धि तथा ठप्प भएका विकासका काम हेर्दा सरकारले सफल भयो भनेर भन्न नमिल्ने बताए ।

कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य गरेर मेलमिलाप र एकताको बाटोमा अगाडि बढे काग्रेस फेरि पहिलो दल बन्न कसैले रोक्न नसक्ने दावी गरे । उनले सरकारको गतिविधि संघीयता विरोधी भएको आरोप लगाए ।