राजबिराजमा लाग्यो ‘चिनियाँ गो ब्याक’ को नारा

  • 96
  •  
  •  
    96
    Shares

काठमाडौँ । राजबिराज -चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्न लागेको भन्दै आज राजबिराजमा प्रदर्शन भएको छ । स्थानीय युवा, विद्यार्थी , किसान र नागरिक समाजका अगुवाहरुले चिनियाँ परियोजना संचालन नगर्न भन्दै दवाव दिनका लागि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको भन्दै ल्याइए आफूहरु चरणबद्व आन्दोलनमा उत्रने बताए । राजबिराजको शिव मन्दिर बाट निकालिएको ¥याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै नेता चोकमा पुगी कोणसभाको आयोजना गरिएको थियो ।

कोणसभामा बोल्दै स्थानीय किसान के नेता विशेश्वर दास , युवा नेता दिनेश कुमार शर्मा, सोनु दास , विद्यार्थी नेता महेश कुमार यादव , नागरिक समाज के अगुवा इन्द्रदेव यादव, श्रवण कुमार दास , नरेश कुमार यादव लगायतले यो कार्य रोक्न केन्द्रीय र प्रदेश सरकारसँग आग्रह गर्दै नरोकिए कड आन्दोलनमा उत्रने बताए ।युवा विद्यार्थीऔर किसान के संयुक्त आयोजनामे विरोध प्रदर्शन एवं कोन सभा सम्पन भएको थियो ।