रहेनन् उद्योगी दिवाकर गोल्छा, भारतमा किड्नी ट्रान्सप्लान्ट गराएको दुई सातामै निधन

  •  
  •  
  •  

काठमाडौं, २७ चैत । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नईमा उपचारका क्रममा मंंगलबार राति उनको निधन भएको हो । उनको दुई साताअघि मात्र किड्नी ट्रान्सप्लान्ट गरिएको थियो ।

६७ वर्षीय गोल्छा नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत भइसकेका गोल्छाको नेपालको औद्योगीकरणमा महत्वपूर्ण भूमिका छ ।

उनको अग्रसरतामा २४ वटा उदयोग स्थापना भएका थिए । हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इस्टर्न सुगर मिल, हुलास जस्तापातालगायतका उद्योग स्थापना भएको थियो । दिवाकर गोल्छाका छोरा शेखर र अभिमन्यु दुवै गोल्छा अर्गनाइजेसनका निर्देशक छन् ।