चलचित्र ‘हजार जुनी सम्म’मा यस्ती देखीइन् स्वस्तिमा खड्का, शुक्रबार आउँदै छ गीत

  • 135
  •  
  •  
    135
    Shares

काठमाडौँ, चलचित्र ‘हजार जुनी सम्म’बाट अभिनेत्री स्वस्तिमा खड्काको नयाँ लुक्स सार्वजनिक भएको छ । एक गीतको शुटिङ सेटबाट स्वस्तिमा स्वयमले केहि तस्विर सार्वजनिक गरेकी हुन् । ‘एमजी रोडैमा” बोलको गीतमा उनि नेपाली ड्रेसमा सजिएकी छन् । उक्त गीत आउँदो शुक्रबार रिलिज हुँदै छ । नायिका स्वस्तिमा खड्कालाई यस चलचित्रमा सिक्किमकी यूवतीको भूमिकामा देख्न सकिने छ ।


विकासराज आचार्य निर्देशित यस फिल्ममा स्वस्तिमाको अपोजिटमा नव–नायक अक्की प्रधानलाई देख्न सकिन्छ । मल्टिस्टारर यस चलचित्रमा स्वस्तिमा र अक्कीका अलावा आर्यन सिग्देल, प्रियंका कार्की, अभिषेक नेपाल, शिवहरि पौडेल लगायत अन्य कलाकारको प्रमुख भूमिका रहेको छ भने यस फिल्ममा दीपाश्री निरौलाले एक आइटम नम्बरमा काम गरेकी छन् ।