ललितपुरको दलचोकी चुचुरोमा भ्युटावर निर्माण हुँदै, जहाँबाट देखिन्छ पूरै काठमाडौं र हिमशृंखला

  • 12
  •  
  •  
    12
    Shares

ललितपुर, २६ चैत । ललितपुरको दक्षिण भेगमा पर्ने दलचोकी पहाडको चुचुरामा भ्युटावर निर्माण हुने भएको छ । भ्युटावरका लागि जंगलमा सडक खन्ने काम सकिएको छ ।

कोन्ज्योसोम गाउँपालिकाले विनियोजन गरेको ३२ लाख बजेटबाट दलचोकी निरोगाधामबाट भ्युटावर निर्माणस्थलसम्म निर्माण सामग्री लैजान सडक निर्माण गरिएको हो । पैदल मार्गबाट जान सिडीबाटोको स्वागतद्वार बनाउन थालिएको छ ।

भ्यूटावरमा जान मनकामना मन्दिरनजिक र विद्यायल एरियाबाट दुईवटा सिडी बाटो बनाइनेछ । डिपिआरअनुसार भ्युटावरलगायत संरचना बनाउन १० करोड लाग्ने बताइएको छ । तीनतले भ्युटावर, वरपर बगैचा, शौचालय, सिडी बाटो दुईवटा, दुई सयवटा गाडी अट्ने पार्किङ निर्माण हुनेछ ।

पाँच वर्षभित्र भ्युटावर निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भ्युटावर बनेमा हिमाल, पहाड र तराई सबै देखिने बताइएको छ । काठमाडौं उपत्यका, उत्तरी हिमशृंखला, सगरमाथादेखि दक्षिणमा रक्सौलसम्म देख्न सकिने छ ।