बिष्णु माझि बनिन् दुई गीतलाई करोड क्लबमा पुर्याउने पहिलो लोक गायिका

  • 2K
  •  
  •  
    2K
    Shares

काठमाडौँ, लोक दोहोरी क्षेत्रकी चर्चित गायिका हुन् बिष्णु माझी । मिडियामा नदेखिने बिष्णु माझीका गीत भने दर्शकमाझ चर्चित छन् । उनको आवाजको फ्यान पनि उत्तिकै छन् । बिगत लामो समय देखि लोक संगीत क्षेत्रमा सक्रिय उनको केहि समय अघि बजारमा आएको गीत ‘सालको पात’ हिट भएको थियो । कुलेंद्र बिकसंग बिष्णु माझीको आवाज र बसन्त थापा-नवराज पन्तको श्रीजनालाई दर्शकले अत्याधिक रुचाएका थिए । उक्त गीत छोटो समयमा करोड क्लवमा पुगेको थियो । अहिले यसको भिउज लगभग ४ करोड पुगिसकेको छ ।


यस्तै हालैमा उनकै आवाजमा सजिएको अर्को गीत ‘लालुमै’ पनि छोटो समयमा करोड क्लवमा प्रवेश गरेको छ । गीतमा बिष्णु माझि र सन्दीप न्यौपानेको आवाज रहेको छ । टिकटकमा पनि हिट बनेको यस गीतमा शिव हमालको शब्द संगीत रहेको छ । सृष्टि खड्का र सन्दिप न्यौपाने फ़िचर्ड उक्त गीतको भिडियोलाई पनि दर्शकले रुचाएका छन् ।