अमिताभले किने रेन्ज रोभरको सबै भन्दा महँगो कार ! मूल्य सुन्दै पर्नुहुनेछ छक्क !

  • 162
  •  
  •  
    162
    Shares

काठमाडौँ । कारको निकै सौखिन रहेको बलिउडका सदाबहार अभिनेता अभिताभ बच्चनले भर्खरै मात्र सबैभन्दा महँगो एमपीवि नामको कार किनेका छन् । मल्टी पर्पज व्हीकल कार निकै आरामदायी र विभिन्न गुणको कारण प्रसिद्ध रहेको छ ।

उनले अहिले किनेका कार भारतमा लञ्च भएको सबैभन्दा महँगो कार हो । यसको मुल्य ६८.४ लाख रहेको छ । उनले नयाँ कार किने पश्चात कारको अगाडी बसेर खिचाएको तस्वीर सामाजिक सञ्जामा भाइरल भएको छ ।

७ सिट क्षमता भएको यो कार निकै आरामदायी रहेको छ । यो कार विशेष गुण भएकै कारण भारतका महँगो होटलमा सजाएर राख्ने गरिएको छ । यो भन्दा अगाडी अमिताभले सन् २००७ मा बिधु बिनोद चोपडाको माध्यमद्धारा आफ्नो कार बेचाएका थिए ।