गायक रेमनको ‘तिमी मेरो मुटु’ बोलको गीत सार्वजनिक (भिडियो)

  •  
  •  
  •  

काठमाडौं, २८ चैत । नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुने संघर्षमा दोडिरहेका गायक हुन्– रेमन भित्रिकोटी ।

उनी लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् । पछिल्लो समय गायक रेमनको ‘तिमी मेरो मुटु’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक रेमनकै शब्द, संगीत र स्वर रहेको छ । गीतमा संगीत संयोजन भने मञ्जिल केसीले गरेका छन् । उनको सार्वजनिक गीतको भिडियोमा केजेसी ब्याण्डका सदस्यहरुले स्टुडियोमा अभिनय गरेका छन् ।

यसअघि पनि केही गीत सार्वजनिक गरेका रेमन छिट्टै अन्य सिर्जनाहरुको तयारीमा रहेको बताउँछन् ।

तिमी मेरो मुटुको भिडियो