अनमोलले दिए सलिनलाई ‘यात्रा’को लागी शुभकामना, सुहाना भन्छिन् सबैले आफ्नै फाइदा खोज्छन्

  •  
  •  
  •  

काठमाडौँ, भोली यानकी चैत्र २९ देखि दुइ चलचित्र एकसाथ दुई फिल्म एकसाथ प्रदर्शनमा आउंदै छन् । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ३’ र सलिनमान बनिया अभिनित ‘यात्रा’ एकसाथ रिलिज हुन लागेका हुन् । ‘ए मेरो हजुर ३’का गीत र ट्रेलरबाट दर्शक प्रतिक्षित बनेको छ भने यसैको अघिल्लो सिक्वेल ‘ए मेरो हजुर २’बाट धेरै फ्यान कमाएका सलिनमानका फ्यान पनि उनको चलचित्र ‘यात्रा’ हेर्न उत्सुक छन् ।


केहि समय अघि सलिनमानले अनमोल संग हार्ने तर मैदान नछोड्ने टिप्पणी दिंदै अनमोललाई शुभकामना दिएका थिए । यसैबीच अनमोल केसीले पनि चलचित्र ‘यात्रा’ टिमलाई शुभकामना दिएका छन् । ‘उहाँहरुको फिल्म पनि राम्रो चालोस शुभकामना’ अनमोलले भने । यता सुहानाले भने यसरी फिल्म जुधाीनु राम्रो नहने बताउँछिन । उनी भन्छिन्  ‘हाम्रो मार्केट सानो छ । यसरी बिग ब्यानरका दुई फिल्म जुध्नु राम्रो हैन तर सबैले फाइदा नै हेर्ने हो । उहाँहरुलाई शुभकामना ।’