सवारी दुर्घटनामा पूर्व सांसद भण्डारीसहित २ को मृत्यु, ८ जना घाइते

  • 24
  •  
  •  
    24
    Shares

काठमाडौ । गुल्मीको मुसिकोट नगरपालिका १ चिहान डाँडामा भएको जीप दुर्घटनामा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्काेट गाँउपालिका ५ निवासी वर्ष ६५ वर्षीय नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी र मालिका गाँउपालिका १ का ८ वर्षीय ओसर विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी रविन्द्र खड्काले बताए ।

मालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ जीप बिहान ९ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ८ जना घाइते भएका छन् । मृत्यु भएको थप १ जनाको सनाखत हुन बाकी रहेको छ ।

सासंद भण्डारी २०४८ सालमा गुल्मी ३ मा नेपाली कांग्रेसबाट सांसद निवार्चित भएका थिए । प्रहरीको अनुसार घाइतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल तमघाँसमा ल्याइदै छ ।